उच्चस्तरीय राष्ट्रिय
शिक्षा आयोग २०५५ ले शिक्षकहरूको स्थायी नियुक्ति प्रक्रियालाई व्यवस्थित गर्न
राष्ट्रियस्तरमा शिक्षकसेवा आयोग स्थापना गर्नुपर्ने भन्ने सुझाव दिए बमोजिम
शिक्षा ऐन २०२८ को छैटौं संशोधन २०५५ माघ १ मा राष्ट्रिय शिक्षक सेवा आयोगको
स्थापना भएको हो ।
शिक्षा ऐन २०२८ सातौ
संशोधन २०५८ माघ २५ बाट राष्ट्रिय शब्द झिकेर शिक्षक सेवा आयोग नामाकरण गरिएको ।
1.शिक्षक सेवा आयोग नियमावली
कहिलेदेखी लागु भयो ?
- २०५७/७/२४ देखि
2.शिक्षकसेवा आयोग नियमावली, २०५७ को नवौं संशोधन २०७१ / १० / २६ मा
भएको थियो भने दशौं संशोधन कहिले भयो ?
-२०७६/६/१३ गते
3.शिक्षकसेवा आयोग नियमावली, २०५७ हालसम्म कतिपटक संशोधन भएको छ ?
- एघार पटक संशोधन
4.शिक्षक पदका लागि लिइने
परीक्षाको पूर्णाङ्क कति कति हुनेछ ?
- लिखितमा २००
प्रयोगात्मकमा २५ र अन्तर्वार्तामा २५ अंक
5.शिक्षक पदको परीक्षामा
उत्तीर्णाङ्क कति रहेको छ ?
- सामान्य परीक्षाको ५०
अङ्क विषयगत परीक्षाको ४० अङ्क र
प्रयोगात्मकको १० अङ्क
6. शिक्षक सेवा आयोग नियमावली, २०५७ नेपाल सरकारले कुन अधिकारको प्रयोग
गरेर बनाएको हो ?
- शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी
7.शिक्षक सेवा आयोग नियमावली, २०५७ मा कति परिच्छेद, नियम र अनुसूची छन् ?
- परिच्छेद ६, नियम ५५ र अनुसूची २
8.नियमावलीको अनुसूची-१ मा
शिक्षकको कार्यसम्पादन मूल्यांकन फाराम छ भने अनुसूची २ मा के छ ?
- स्थायी / अस्थायी अध्यापन अनुमतिपत्रको नमुना
9.शिक्षक सेवा आयोगको गणपूरक
संख्या कति हो ?
- पचास प्रतिशतभन्दा बढी
सदस्यको उपस्थिति
10.शिक्षकको पदपूर्ति गर्दा
तृतीय श्रेणीको रिक्त पद खुल्ला प्रतियोगितात्मक परीक्षाको माध्यमबाट गरिनेछ भने
द्वितीय र प्रथम श्रेणीमा कसरी गरीन्छ
-बढुवाद्वारा
11.शिक्षक सेवा आयोग
नियमावलीले शिक्षक पदमा उम्मेदवार हुन उमेर हद कति तोकेको छ ?
- १८ वर्ष
12.गैर नेपाली नागरिकले
शिक्षक बन्न पाउने प्रावधान सम्बन्धमा नियमावलीमा के उल्लेख छ ।
- गैर नेपाली नागरिक
शिक्षक पदमा उम्मेदवार हुन नपाउने
13.शिक्षकले नियुक्ति पत्र
लिएको मितिले कति दिनभित्र पदस्थापन भएको विद्यालयमा हाजिर नभएमा बैकल्पिक
उमेदवारलाई नियुक्ति दिने व्यवस्था छ ?
- ३० दिन ............क्रमश हेर्न APP Download गर्नुहोस् ...Click Here
यससम्बन्धी पूरा Note तथा objective Questions हेर्न
Post a Comment
आफ्नो प्रतिक्रिया सभ्य भाषामा लेख्नुहोस् :